No.1 News Portal from Sudurpashchim Province
bajaj

डिलाशैनी गाउँपालिकाले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्‍यो

गोकुलेश्वर। बैतडीको डिलाशैनी गाउँपालिकाले स्पताल पहुँच भन्दा बाहिर रहेका पालिकाका नागरिकहरुलाइ नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सेवा दिन थालेको छ ।

घुम्ती शिविर मार्फत पालिकाका दुर्गम भेगका नागरिकहरुलाई नि:शुल्क सेवा प्रदान गरिरहेको डिलाशैनी गाउँपालिकाका जनस्वास्थ्य अधिकृत गणेश बहादुर खातीले बताए ।

pm office

उनका अनुसार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर भइरहेको हो । डिलाशैनी ४ को हाँडाकोट स्वास्थ्य चौकीमा बिहिबार सञ्चालन भएको शिविरबाट १ सय ११ जनाले सेवा लिएका छन् ।

यस्तै १२ जनाको खकार परिक्षण,१३ जना गर्भवती महिलाले निःशुल्क अल्ट्रासाउन्ड र ६जना अपाङ्गता भएका व्यक्तिको अपाङ्गता परिचयपत्रका लागि स्वास्थ्य जाँच गरिएको छ । शिविरमा प्रस्तावित अस्पताल धामी गाउँमा कार्यरत डाक्टर प्रदिप गुरुङको नेतृत्वमा टिम खटिएको छ ।

नि:शुल्कस्वास्थ्य शिविर पालिकाका सबै वडामा चल्ने गाउँपालिकाले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.