गोकुलेश्वर। दार्चुलाको दोस्रो मुख्य ठूलो बजार तथा शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारको नयाँ व्यवस्थापन समिति गठन गरिएको छ ।
शैल्यशिखर नगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन कार्यविधि २०७९ को दफा १४ बमोजिम शैल्यशिखर-९ का वडा सदस्य तथा नगर कार्यपालिका सदस्य केशवदत्त बिष्टको अध्यक्षतामा शुक्रबार (आज) बैठक बसि बजार व्यवस्थापन समिति गठन गरिएको हो ।

व्यवस्थापन ममितिको अध्यक्षमा ईश्वरदत्त पाण्डेय चयन भएका छन् । यस्तै उपाध्यक्षमा लोकेश भण्डारी,सचिवमा प्रेमसिंह साउँद,सह सचिवमा दिपक साउँद र कोषध्यक्षमा बिस्ना धामी चयन भएका छन् ।
व्यवस्थापन समिति गठनमा गोकुलेश्वर बजारका व्यवसायी,स्थानीय,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।




