गोकुलेश्वर।दार्चुलामा ५५र १२ वर्ष माथिका दिर्घरोगी,गर्भवति र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई कोरोना विरुद्धको बुस्टर खोप दिइने भएको छ । स्वास्थ्यकर्मीलाई समेत कोरोना विरुद्धको बुस्टर खोप दिइने छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त भएको कोरोना भाइरस विरुद्धको फाइजर खोप दिने निर्णय गरेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

खोप जिल्लाका ९ वटै स्थानीय तहहरुबाट दिइने छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रबाट १३ हजार ९ सय ८० डोज फाइजर खोप प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कोरोना भाइरस विरुद्धको बुस्टर फाइजर खोप तोकिएको लक्षित समुहका सम्पुर्ण व्यक्तिहरुलाई आउदो चैत्र १० गते देखी १२ गते सम्म अभियानका रुपमा ९ वटै स्थानीय तहका सबै स्वास्थ्य संस्थाबाट दिइने छ ।
जिल्लाका सबै स्थानिय तहहरु मार्फत कोभिड–१९ रोग विरुद्धको खोपको पहिलो, दोस्रो र बुस्टर मात्रा खोप लिन छुट व्यक्तिहरुको लागत संकलन गरि सो विवरण स्वास्थ्य कार्यालयमा पठाउन अनुरोध गरिएको छ ।




