
गोकुलेश्वर। ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गृह मन्त्रालयको बढुवा समितिले सिफारिस गरेको छ ।
आज बसेको बढुवा सिफारिस समितिले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा निर्णय गरेको हो ।



