No.1 News Portal from Sudurpashchim Province
bajaj

व्याँसमा खाद्यान्न अभाव

गोेकुलेश्वर। दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने व्याँस गाउँपालिकाका विभिन्न क्षेत्रमा खाद्यान्न अभाव भएको छ ।

गाउँपालिकाले खाद्यान्न अभाव भएकाले आवश्यक व्यवस्था गरिदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलालाई आग्रह गरेको छ ।सडकको पहुँच नहुँदा व्यासको माथिल्लो क्षेत्रमा अहिले खाद्यान्न अभाव हुन थालेको गाउँपालिकाले जनाएको छ ।

pm office

गाउँपालिकाको –४ सुन्सेरा डिपो, वडा नम्बर–२ राप्ला वितरण केन्द्र तथा वडा नम्बर–३ को सिना, वडा नम्बर–५ को धौलाकोट र वडा नम्बर–६ को हुती क्षेत्रमा खाद्यान्न ढुवानीको व्यवस्था गरिदिन गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलालाई आग्रह गरेको छ ।

तत्काल खाद्यान्न आपूर्ति हुन नसके व्यास क्षेत्रमा खाद्यसङ्कट हुने देखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाका प्रमुख रामसागर मेहताले सुन्सेरा र सिनाको लागि चामल पुर्याउन धनगढीबाट दार्चुला ल्याउने पहल भइरहेको बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.