गोकुलेश्वर।दार्चुलासहित सुदूरपश्चिम प्रदेशका नागरिकहरु रोजगारिका सिलसिलामा छिमेकी राष्ट्र भारतमा गएका नेपाली कामदारहरु दिनप्रतिदिन बेपत्ता हुने क्रम बढ्दै गएको छ ।
पछिल्लो समयमा छिमेकी राष्ट्र भारतका हरियाणा,गुजरात,नयाँ दिल्ली, पञ्जाव,जम्मु लगायतका ठाउँमा नेपाली कामदार वेपत्ता हुने क्रम बढेको छ ।
नेपालमा रोजगारीको अवसर नहँदा नेपाली नागरिक विदेसिन बाध्यता भएका हुन् । पछिल्लो केही समय यता नेपाली महिला तथा पुरुषहरुमा पढ्नु लेख्ने भन्दा पनि विदेश जानै पर्ने मानसिकता झन झन बढ्दै गएको छ ।
आफ्नो देश,घरपरिवार,आमाबुबा छोडेर विदेश जाने रहर कोलाई होला ।,तर पनि विदेश नगए आफ्नो जीवन निर्वाह गर्न समेत हम्मे हम्मे हुने सबैलाई अवगत छ । विदेश जाँदा पनि सोचे जस्तो रोजगारी नमिल्ने,हाम्रा दाजुभाई दिदी बहिनिबहरु श्रम सोषणमा पर्ने गरेको खबर थुप्रै आउने गरेको छ । यी यावत बाध्यताहरु संग आजभोलि नेपाली नगरिकहरु बेपत्ता समेत हुने गरेका छन ।

बुधबार मात्रै बैतडी घर भएका २२ वर्षीया इश्वरी बोहरा भारतको हरियाणाबाट बेपत्ता भएकी छिन । उनी आफ्ना श्रीमानसंगै बस्दै आएको आएकी थिइन् । श्रीमान ड्युटी गएका बेला ४ महिनाको बच्चा छोडेर उनी फरार भएको खबर छ ।
यस्तै डडेल्धुराको आलिताल घर भई हाल बेङ्लोर बस्दै आएकी रीतु नाम गरेकी महिला बेपत्ता भएकी छिन । उनी आफ्नो ९ वर्षीया छोरी र श्रीमान छोडेर फरार भएकी हुन् ।
दार्चुलाको नौगाडका धनबहादुर की श्रीमती भारतको बेङ्लोरबाट करिब ४,५ दिन अगाडि १० वर्षीय छोरा छोडेर बेपत्ता भएकी छिन् । महिलाहरु आफ्ना साना साना बच्चाहरुलाई समेत बिचल्लीमा पारेर जाने गरेका छन् ।
भारतको बेङ्लोरमा दिनप्रती यस्ता घटना सयौंको संख्यामा हुने गरेका छन् । आफ्नी श्रीमती यसरी बेपत्ता हुँदा कयौं नेपाली पुरुषहरु पनि आत्महत्या गर्न बाध्य भएका छन् ।
यस्ता घटनाहरु न्यूनीकरण गर्न सरकारले स्वदेसमै रोजगारिका अवसर सिर्जना गर्नु आवस्यक छ ।



