No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा निषेधाज्ञा जेठ २० गतेसम्म लम्बियो

गोकुलेश्वर। दार्चुलामा निषेधाज्ञा थप गरिएको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन १० दिनका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

pm office

कोभिड १९ संकट व्यवस्थापन केन्द्र दार्चुलाको सिफारिस अनुसार वैशाख ३० गते प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जेठ १० गतेसम्मका लागि जारी गरेको निषेधाज्ञा आदेशको अवधि जेठ २० गते राती १२ बजेसम्मका लागि थप गर्ने निर्णय भएको प्रशासनले जनाएको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यलाई थप प्रभावकारी बनाउन र हालसम्म पनि कोरोना संक्रमण दर घट्न नसेकेको भन्दै थप दश दिन निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.