No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वरमा ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरी मनाइदैं

गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वरमा पनि ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

‘लैंगिक समानताको बलियो आधार:सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नारासाथ विभिन्न कार्याक्रम गरि गोकुलेश्वरमा महिला दिवस मनाउन लागिएको हो ।

शैल्यशिखर नगरपालिकाका ९ वटै वडाका महिलाहरुले आज अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाले नारा जुलुस, महिलाहरु समाजिक चेतना विकासमा जोडे, राजनितिक पहुच बढाउने, न्यायलयको सामानतामा हक जमाउन,उत्पादनको क्षेत्र लगायत सम्मानजनक श्रम र मुल्यमा सामानता हुनुपर्ने एजेन्डा सहित गोकुलेश्वरमा ¥याली लगायत अन्य जनचेतना मुलक कार्यक्रमको आयोजना गरेका छन ।

pm office

अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी दिवसको दिन बुधबार सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.