मालिकार्जुन अस्पतालमा फागुन ३० गते स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा.बिष्टले सेवा प्रदान गर्ने,यी रोगको हुनेछ उपचार
गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार पेट्रोल पम्प नजिक सञ्चालनमा आएको विषेशज्ञ चिकित्सक सहितको मालिकार्जुन अस्पतालमा यही फागुन ३० गते बरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा.जगदीशचन्द्र बिष्टले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने भएका छन् ।
उनले तल्लो पेट दुख्ने,सेतोपानी बग्ने,महिनावारीमा गडबढी,गर्भवती महिलाको भिडियो एक्सरे(युएसजी), चेकजाँच तथा पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुको चेकचाँच गर्ने लगायतका विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने छन् ।

साथै सो दिन भिडियो एक्सरे चेकचाँचमा बीस प्रतिसत छुट समेत दिने अस्पतालले जनाएको छ । ०९३४०००२६,९८४८७४७२५५ र ९८४८४०६०९८ मा फोन गरेर समेत नाम दर्ता गर्न सकिने अस्पताल प्रशासनले जनाएको छ ।
१५ फागुनदेखि सञ्चालनमा आएको सो अस्पतालमा विषेशज्ञ चिकित्सकहरुले सेवा प्रदान गर्दै आएका छन् । सामान्य एवंम जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्धेश्यले मालिकार्जुन अस्पतालको स्थापना गरिएको हो ।




