गोकुलेश्वर। कैलालीमा मालिकार्जुन दार्चुला सेवा समितिले होली पर्व सभ्य एवंम सुरक्षित तवरले मनाएर समापन गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका भित्र रहेका दार्चुलेलीहरुको घरमा होलीलाई धार्मिक,सांस्कृतिक दृष्टिले मर्यादित र सव्य ढङ्गले मनाई होली पर्वको महत्व हुने आत्मीयरूपमा खेली समापन गरेको दार्चुला बिद्यार्थी समाज कैलालीका अध्यक्ष चन्द्रदेव बिष्टले बताए ।

उनका अनुसार दार्चुला सेवा समितिले फागुन २० गते मालिकार्जुन सेवा समितिको हल तारानगरबाट सुरु गरेको होली धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका भित्रका १ सय ३७ घरमा खेली २३ गते समापन गरेको हो ।
मालिकार्जुन दार्चुला सेवा समितिका अध्यक्ष महेन्द्र पन्तले होलीमा सहभागी सामाजका अग्रज, मालिकार्जुन सेवा समितिका पदाधिकारी, बिद्यार्थी लगायत सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।
होलीमा ढोलक, मादल, मिजुरा, चिम्टा आदि लोक बाँजाका साथ विभिन्न किसिमका लोक गाथाहरु अभिनयका साथ प्रस्तुत गरेका हुन् । पुरानो संस्कृतिको जगेर्ना, सामाजिक सद्भाव र सेवा समितिलाई आर्थिक सहयोग जुटाउनको होली खेलेको थियो ।



