No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला जीप दुर्घटना उपडेट : १ को मृत्यु,९ जना घाइते

चालकसहित १० जना सवार

गोकुलेश्वर। दार्चुला भारतीय नागरीक सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप मंगलबार बिहान महाकाली नगरपालिका– ४ बाङ्गाबगर खानेपानी ट्यान्की नजिक लास्कु खोलामा दुर्घटना भएको थियोे ।

दुर्घटनामा परेर भारतीय नागरीक ६० वर्षीया कालीदेवी नेगीको मृत्यु भएको छ । उनको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको हो ।

pm office

दुर्घटनामा घाइते हुनेमा चालक जिल्लाको महाकाली नगरपालिका–२ बुढीचौराका अन्दाजी २३ वर्षिय महोन लोथ्याल,भारतीय नागरीक ७ वर्षीय विमलादेवी नेगी, ५५ वर्षीय मख्खनराम नेगी घाइते भएका छन् ।

यस्तै ६ वर्षीय किरण कुमारी आग्री,३८ वर्षीय शान्तिदेवी नेगी,४७ का दिवान आग्री, ७ का जोतविरसिंह कुवँर, २७ का अन्जुदेवी कुवँर र ५ वर्षीय गुरुजोत सरदार घाइते भएका छन् । मख्खनराम नेगी,किरण कुमारी आग्री र ७ वर्षीय बालिका विमलादेवी नेगीलाई थप उपचारको लागि भारतको पिथौरागढ रिफर गरिएको छ ।

चालक लोथ्याल र शान्तिदेवी नेगीको पनि अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते ६ जनाको उपचार जिल्ला अस्पताल दार्चुलामा भइरहेको छ ।

जीपमा चालकसहित १० जना सवार रहेका थिए । चालक बाहेक अन्य ९ जना भारतीय नागरिक हुन् । बाङ्गाबगरबाट दल्लेख तर्फ जाँदै गरेको जीप मंगलबार विहान ११ बजेर ५५ मिनेटमा व्याक गर्ने क्रममा दुर्घटनामा परेको हो ।

जीप सडकबाट ५० मिटर तल खसेको थियो । भारतीय नागरिक डुङरी मन्दिर दर्शन गर्न जाँदै गरेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.