गोकुलेश्वर।आजदेखि राष्ट्रपति चुनावको प्रचारप्रसार नपाइने भएको छ । पर्सि २५ गते हुने राष्ट्रपति चुनावका लागि प्रचारप्रसार गर्न नपाइने भएको हो ।
निर्वाचन आयोगले राष्ट्रपतिको चुनावका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि सुरु भएको थियो । निषेधको अवधि २५ गते मतदान बन्द नभएसम्म कायम रहन्छ ।

निर्वाचन आचारसंहिता, २०७९ मा चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था छ ।
राष्ट्रपति चुनावमा आठ दलको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेको तर्फबाट एमाले उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् ।
चुनावमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा प्रदेश सभा सदस्यले मतदान गर्न पाउने छन् ।



