- रामदत्त जोशी
गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वरमा होली पर्व सभ्य एवंम सुरक्षित तवरले मनाएर समापन गरिएको छ । सोमबार (आज) होलीकोे अन्तिम सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित वातावरणमा समापन गरिएको हो ।
शैल्यशिखर नगरपालिका -९गोकुलेश्वर बजार आसपासका बस्तीमा विद्यार्थी, महिला,शिक्षक तथा स्थानियले होलीलाई धार्मिक,सांस्कृतिक दृष्टिले मर्यादित र सव्य ढङ्गले मनाई होली पर्वको महत्व हुने आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग खेली समापन गरेका हुन् ।

होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप भएका छैनन् । यहाँ कसैको इच्छाविपरीत जवरजस्ती,अमर्यादित,गैरकानूनी काम गर्ने, रङ, लोला,मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गर्ने खालका अनैतिक गतिविधि समेत भएनन् ।
दार्चुलासहित सुदूर पहाडका बैतडी, डडेलधुरा, अछाम, बझाङ, डोटि लगायतका ठाउँमा होली भव्य रुपमा खेलेर समापन गरिएको हो ।
फागुन शुक्ल एकादशीका दिनबाट फागू पुर्णिमाका दिनसम्म होली पर्व मनाइन्छ । होलीमा विशेष गरी सुदूरपश्चिमका महिला तथा पुरुषहरुले ढोलक, मादल, मिजुरा, चिम्टा आदि लोक बाँजाका साथ विभिन्न किसिमका लोक गाथाहरु अभिनयका साथ प्रस्तुत गर्ने गर्दछन ।
हिन्दू संस्कृति अनुसार होलीको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ । हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन ।, बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको जानकारहरु बताउँछन ।
पछिल्लो समय होली पर्वलाई रंग खेल्ने पर्वका रुपमा मात्रै लिने गरिएको छ । अहिलेको पुस्ताले रंगहरु खेल्नुलाई मात्रै होलीको रुपमा लिने गरेका छन ।



