
गोकुलेश्वर। नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका छन् । प्रदेश सभामा बोल्दै चौधरीले आफ्ना सांसदलाई मुख्यमन्त्री कमल बहादुर शाहको पक्षमा मतदान गर्न निर्देशन दिए ।
नागरिक उन्मुक्तिले अहिलेको आठ दलीय गठबन्धनले टीकापुर घटनामा दोषी रेशम चौधरीको रिहाइ मुद्दा प्राथमिकतामा राख्नु पर्ने माग गरेको छ। ‘अहिलेको नयाँ समिकरणमा हामी पनि छौँ, हाम्रो माग मुद्दालाई प्रदेश सरकार र अहिलेको गठबन्धनको प्राथमिकतामा पर्नुपर्छ,’ उनले भने, ‘हामी कुनै सत्ताका लागि मात्रै लागेका सांसद होइनौँ ।’



