No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिमबाट राजनीतिक ‘कोर्ष करेक्सन’ भयो : दीर्घबहादुर सोडारी

गोकुलेश्वर।नेकपा एकीकृत समाजवादीका संसदीय दलक नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिमबाट राजनीतिक ‘कोर्ष करेक्सन’ भएको बताएका छन् ।

pm office

प्रदेश सभामा बोल्दै सोडारीले सुदूरपश्चिमबाट चुनाव अघिको गठबन्धन ब्यूँतिएर नेपाली राजनीतिलाई नयाँ दिशा दिएको बताए । ‘यो प्रदेश सभा यस्तो टर्न प्याइन्ट हो, जहाँबाट नेपाली राजनीतिले कोर्ष करेक्सन गरेको छ, दुई महिना अघिको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता गठबन्धनलाई विश्वासको मत दिएर करिब दुई तिहाईको मतमा अगाडि बढ्दैछौँ,’ उनले भने ।

सुदूरपश्चिम राजनीतिक ‘कोर्ष करेक्सन’को ‘गेम चेन्जर’ रुपमा प्रमाणित भएको सोडारीको दाबी छ । ‘यो गेम चेन्जर ठाउँ हो, हामीले देखाइदिएका छौँ, सधै पूर्वबाट हुन्थ्यो, अघिल्लो पटक कर्णालीबाट भएको थियो, यो पटक सुदूरपश्चिमबाट भएको छ,’ उनले भने, ‘त्यस कारण सुदूरका मानिस राजनीति गर्न जान्दैनन्, पछाडि छन् भन्ने होइन, देशको राजनीतिलाई नयाँ दिशा दिने ठाउँ पनि हो भन्ने प्रमाण आज दिएको छ।’

संविधानमाथिको खतरा बढेपछि पुरानै गठबन्धन ब्यूँतिएको उनले बताए । ‘एमालेमा कति चाडै संसद विघटन गरौँ, मध्यावधि चुनावमा जाऔँ भन्ने भावना छ, यसले मुलुकमा संविधानमाथि खतरा छ,’ उनले भने, ‘त्यसैले संविधानको रक्षाका लागि हामी एक ठाउँमा आएका छौँ ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.