गोकुलेश्वर।आठ दलीय गठबन्धनले प्रदेश र संघका सांसदहरुको संयुक्त अभिमुखीकरण स्थगित गरेको छ । फागुन २४ मा राखेको सांसदहरुको भेला स्थगित गरेको हो ।

निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण सांसदहरुको भेला रोकिएको हो । संघीय र प्रदेश सांसदको संयुक्त भेला राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन आठ दलले बोलाएका थिए ।
आचार संहिता १७ फागुन देखि ५ चैतसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ । पुरानो गठबन्धन व्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिनका लागि आफ्ना सांसदहरुलाई अभिमुखीकरण गरिएको हो।



