गोकुलेश्वर।नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन संसदीय दललाई निर्देशन दिएको छ ।

सुदूरपश्चिम प्रदेश सभा माओवादी संसदीय दलका नेता खगराज भट्टले संसदीय दलको बैठकपछि आधिकारिक धारणा सार्वजनिक गर्ने छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने सहमति शीर्ष तहमा जुटिसकेको बताएका छन् ।



