No.1 News Portal from Sudurpashchim Province
bajaj

कैलालीमा खेल्दैछ मालिकार्जुन दार्चुला सेवा समितिले घर-घरमा होली

गोकुलेश्वर।कैलालीमा मालिकार्जुन दार्चुला सेवा समितिले होली पर्वको सुरुवात गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका भित्र रहेका दार्चुलेलीहरुको घरमा होली खेल्ने उद्देश्यले शनिबार देखि होलीको सुरुवात गरिएको हो ।

शनिबार बिहान १० बजे मालिकार्जुन सेवा समितिको हल तारानगरबाट होलि सुरु हुँदै बिशालनगर पूगेर होलीको पहिलो दिनको कार्यक्रम समापन गरिएको दार्चुला बिद्यार्थी समाज कैलालीका अध्यक्ष चन्द्रदेव बिष्टले बताए ।

pm office

उनका अनुसार आज पनि होली खेलिने छ । पुरानो संस्कृतिको जगेर्ना, सामाजिक सद्भाव र सेवा समितिलाई आर्थिक सहयोग जुटाउनको होली खेल्न लागेका हुन् । बिष्टका अनुसार होली पर्वमा हर्षउल्लासका साथ सामाजका अग्रज, मालिकार्जुन सेवा समितिका पदाधिकारी, बिद्यार्थी लगायत अन्य समेत सहभागी छन् ।

विभिन्न गाथा गाउदै खेलिने होलि पर्वमा सुखदुःखका कुरा, भेटघाट, रमाइलो हुने र आफ्नो संस्कृतिलाई पनि बचाउनु पर्ने भएकाले होली खेल्नु पर्ने उनले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.