No.1 News Portal from Sudurpashchim Province
bajaj

अर्थ मन्त्री शाही भन्छन् : सुदूरपश्चिम सरकार मिडिया मैंत्री बन्छ

गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिम प्रदेश सरकार मिडिया मैत्री हुने बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको तेस्रो उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिदैँ मन्त्री शाहीले प्रदेश सरकारले गर्ने सबै कार्यहरू जनताकालागि गर्नुपर्ने भएकाले मन्त्रालयले सूचना लुकाउनु पर्ने कुनै कारण नहुने बताए । सबै कुरा पत्रकार मार्फत जनतालाई जानकारी हुनु पर्नेमा जोड दिएका छन् ।

pm office

आफू मन्त्रालयमा आएर पदभार ग्रहण गरे लगत्तै मन्त्रालयले गरेको कार्यक्रममा सबै पत्रकारलाई बोलाएर सँगै बसेर अर्धवार्षिक समीक्षा छलफल गरेको उदाहरण दिँदै मन्त्री शाहीले प्रदेश सरकार मिडिया मैत्री हुनेमा विश्वास व्यक्त गरे ।

अर्को प्रसङ्गमा बोल्दै मन्त्री शाहीले भने, ‘अब सुदूरपश्चिमलाई गरिबी,विकट, दुर्गम, पछौटेपनको नजरले मात्र चिनाउने छैनौं । केही नयाँ कामको सुरुवात गरेर नयाँ तरिकाले सुदूरपश्चिमलाई चिनाउनु पर्छ ।सुदुरपश्चिममा हुने सबै कार्यक्रमहरू समयमै गरौँ।समयलाई मध्यनजर गरौं।सुदुरपश्चिम भन्ने बित्तिकै समयको महत्त्व भएको प्रदेशका रूपमा चिन्ने ब्रान्ड बनाउँ अब नेपालीटाईम हैन् ।’ उनले भने ‘समयलाई समयकै रूपमा व्याख्या गर्ने गरौँ ।’

उनले प्रदेशको विकास समृद्धीकालागि प्रदेश सरकार र मिडियाले हातेमालो गरेर अडिबढ्ने बताए । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा मन्त्री शाही विशिष्ट अतिथि रहेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.