No.1 News Portal from Sudurpashchim Province
bajaj

स्कुल बसले ठक्कर दिदाँ कैलालीमा एक महिलाको मृत्यु

स्थानीयले गरे पश्चिम राजमार्ग अवरुद्ध

गोकुलेश्वर। कैलालीमा गोदावरी नगरपालिका- ६ लालपुरमा से १ क २०४१ नम्बरको अत्तरिया साइपाल बोडिङ्ग स्कुलको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

pm office

मृत्यु हुनेमा ६५ वर्षीया बाचु बटै आले रहेकी छिन् ।

महिलाको मृत्युपछि पूर्व पश्चिम राजमार्ग स्थानीयले अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा ढुङ्गा राखेर सडक अवरुद्ध पारेका छन् । टायर समेत जलाएका छन् ।

बसका चालक धनगढी उपमहानगरपालिका १३ का तुल्सीराम राम चौधरी प्रहरीको नियन्त्रणमा छन् । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी ले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.