No.1 News Portal from Sudurpashchim Province
bajaj

होली पर्व मर्यादित र होसियारीपूर्वक मनाउन बैतडी प्रशासनको आग्रह

गोकुलेश्वर। बैतडी प्रशासनले होलीलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शुक्रबार एक सुचना जारी गर्दै होली पर्व सभ्य एवंम सुरक्षित तवरले मनाउन सबैसँग अनुरोध गरेको हो ।

प्रशासनले होलीलाई धार्मिक,सांस्कृतिक दृष्टिले मर्यादित र सव्य ढङ्गले मनाउँदा मात्र होली पर्वको महत्व हुने जनाउँदै आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न आग्रह गरेको छ । होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न समेत आग्रह गरेको छ ।

pm office

कसैको इच्छाविपरीत जवरजस्ती,अमर्यादित,गैरकानूनी काम गर्ने, रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

यस्तै महँगा गरगहना लगाएर होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, जाँडरक्सी खाएर गाडी नचलाउन, अशक्त, महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई कुनै पनि प्रकारको दुर्व्यवहार नगर्न पनि आग्रह गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.