No.1 News Portal from Sudurpashchim Province
bajaj

सेटिगाउँ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट रोशन भण्डारीको दाबी

गोकुलेश्वर। बैतडीको डिलाशैनी गाउँपालिका -६ स्थित सेटिगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वरको स्ववियु सभापतिमा रोशन भण्डारीको दाबी रहेको छ ।

चैत ५ गते हुन गईरहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावीका लागि नेपाली काँग्रेस निकट विद्यार्थी भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को तर्फबाट स्ववियु सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

pm office

विद्यार्थी नेता भण्डारीलाई सबै भन्दा बलिलो उम्मेदवारको रुपमा लिइएको छ । उनको नेतृत्वमा क्याम्पसमा विभिन्न भौतिक विकास,पुर्नःनिर्माण लगायत विद्यार्थीको समस्यालाई लिएर आवाज बुलन्द गर्ने विद्यार्थी नेताको रुपमा परिचित छन् ।

समग्र क्यामपसको हितको बारेमा सोच्ने दुरदर्शि भिजन भएका विद्यार्थी नेता भण्डारी सालिन स्वभाव,विद्यार्थीहरु माझ लोकप्रिय छन् । क्याम्पस प्रशासनमा राम्रो पहिचान बनाएकाले गर्दा पनि सेटिगाउँ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अब्बल र सक्षम नेतृत्व भएकै कारणले उनको उम्मेदवारीलाई लिएर अहिले चर्चा चलेको छ ।

क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक पुर्वाधार व्यवस्थापनमा आफ्नो तर्फबाट ठुलो योगदान रहेकोले सबै विद्यार्थीहरुको सल्लाह, सुझाव बमोजिम उम्मेदवारी घोषणा गरेको उनले बताए ।

क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक व्यवस्थापन गर्न समेत ठुलो योगदान रहेको बताउँदै सबै पक्षबाट सहयोग हुने विश्वास समेत व्यक्त गरेका छन् । भण्डारी नेपाल विद्यार्थी संघ बैतडीका जिल्ला कमिटि सदस्य समेत हुन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.