मालिकार्जुन अस्पताल गरिब तथा विपन्नको सहारा बन्दै,५४ जनाको निःशुल्क उपचार
अस्पताल सञ्चालनमा आएदेखि ५४ जनाको निःशुल्क उपचार
गोकुलेश्वर।दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजार पेट्रोल पम्प नजिक सञ्चालनमा आएको विषेशज्ञ चिकित्सक सहितको मालिकार्जुन अस्पतालले गरिब तथा विपन्न वर्गका बिरामीको निःशुल्क उपचार गरिरहेको छ ।
आस्पतालले आज (शुक्रबार) गरिब तथा विपन्न वर्गका १२ जनाको भिडियो एक्सरे (युएसजी),१० जनाको एक्सरे र ३ जना बिरामीको ल्याव टेस्ट ल्याव टेस्ट निःशुल्क गरेको छ । यसैगरी २ जना गरिब तथा विपन्न वर्गका बिरामीलाई औषधी वितरण गरेको अस्पतालले स्रोतले जनाएको छ । आज दुई सय जना बिरामीले सेवा लिएका छन् ।

यस्तै हिजो (बिहिबार) गरिब तथा विपन्न वर्गका ९ जनाको एक्सरे,५ जनाको भिडियो एक्सरे,१० जनाको ल्याव टेस्ट र ३ जना गरिब तथा विपन्न वर्गका बिरामीलाई औषधी वितरण गरेको थियो । अस्पताल सञ्चालनमा आएदेखि ५४ जना गरिब तथा विपन्न वर्गका बिरामीको निःशुल्क उपचार गरेको अस्पतालले बताएको छ ।
अस्पतालमा वरिष्ठ रेडियोलोजिस्ट डा. अशोकराज पन्त, स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा. जगदीशचन्द्र बिष्ट, बरिष्ठ बालरोग विशेषज्ञ डा. पुष्पराज अवस्थी,हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. ओमकार बिष्ट र डा. सुनिल बोकटीले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गरिरहेका छन् ।
अस्पतालले गरिब तथा विपन्न वर्गका बिरामीको निःशुल्क उपचार गर्नुका साथै विषेश छुटमा स्वास्थ्य सेवा दिइरहेको छ । अस्पताल १५ फागुनदेखि सञ्चालनमा आएको हो ।
सामान्य एवंम जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्धेश्यले मालिकार्जुन अस्पतालको स्थापना गरिएको अस्पतालले जनाएको छ ।



