गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वरमा पछिल्लो समयमा लागुऔषध प्रयोगकर्ता सल्बलाउँदै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी शैल्यशिखर नगर कमिटिले इलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई लागु औषध नियन्त्रण तथा न्युनिकरण गन ज्ञापनपत्र बुझाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी शैल्यशिखर नगर कमिटिका सभापति करन बिष्ट नेतृत्वको टालीले शुक्रबार ज्ञापजत्र बुझाएको हो ।

गोकुलेश्वरमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार हुने गरेको छ । यहाँ ब्राउनसुगर, गाँजा, नाइट्रोभेट, स्पास्मो, कोरेक्स, चरेश लगायतका लागुऔषधको प्रयोग तथा व्यापार हुँदै आएको पाइएको छ ।
बेरोजगारी, परिवारको बेवास्ता लगायतका कारण युवाहरु लागुऔषधको लतमा फस्ने गरेका छन् । लागुऔषध सेवन गर्नकै लागि पहिलो प्रयोगकर्ताले साथी थप्दै जाँदा गोकुलेश्वर लागुऔषधको अखडा बन्न थालेकोे छ ।
एक जना सेवनकर्ताले आर्थिक स्रोत जुटाउनका लागि ५ जनालाई उक्त दुव्र्यसनमा संलग्न गराउँदै आएका छन् । प्रहरीको सक्रियता न्यून रहेकाले युवाहरु लागुऔषधको लतमा फस्ने गरेको अनुमान गरिएको छ ।



