दार्चुलाका विद्यार्थीलाई स्ववियू निर्वाचनमा अनेरास्ववियु जिताउन ऐन महरको अपील
बैतडीका विद्यार्थीलाई पनि अपील
गोकुलेश्वर। एमाले निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष एवंम नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई जिताउन आग्रह गरेका छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका -९ स्थित गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन सम्बन्धी विद्यार्थी लक्षित भेटघाट कार्यक्रममा विद्यार्थीहरूलाई प्रशिक्षण दिदैँ आगामी निर्वाचनमा अनेरास्ववियुको पक्षमा मतदान गर्न अपील गरेका हुन् ।
यसैगरी उनले बैतडीको सेटिगाउ बहुमुखी क्याम्पसमा पुगेर अनेरास्ववियु बारे विद्यार्थीहरूलाई प्रशिक्षण दिदैँ आसन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुको पक्षमा मतदान गर्न अपील गरेका छन् ।
महर एमालेले सुरु गरेको मिसन ग्रास रुट अभियानका लागि दार्चुलाको लिपुलेक, लिम्पियाधुरा र कालापानीमा खटिएका छन् ।मिसन ग्रास रुटसँगै उनले स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई जिताउन समेत अपिल गरेका हुन् ।



