गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयूले शुक्रबार स्ववियु निर्वाचन सम्बन्धी विद्यार्थी लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
चैत ८ गते हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित सबै आंगिक क्याम्पस अंतर्गत गोकुलेश्वर क्याम्पसको स्ववियु निर्वाचनका लागि अनेरास्ववीयूले विद्यार्थी लक्षित भेटघाट कार्यक्रम गरेको हो ।

अनेरास्ववीयूका पुर्व केन्द्रीय अध्यक्ष एवंम एमालेका केन्द्रीय सदस्य ऐन महरको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । यसैगरी केन्द्रीय सदस्य महरको उपस्थितिमा स्ववियु निर्वाचनका लागि अनेरास्ववीयूले क्याम्पसमा संगठन दर्ता समेत गरेको छ ।
कार्यक्रममा क्याम्पसमा विभिन्न समस्या,शैक्षिक गुणस्तर तथा भौतिक पुर्वाधार व्यवस्थापन लगायत स्ववियु निर्वाचन सम्बन्धी छलफल भएको अनेरास्ववीयूले जनाएको छ ।
कार्यक्रममा विद्यार्थी, शुभेच्छुक,सुभचिन्तक लगायत अन्यको सहभागिता रहेको थियो। २०६६ मा सुदूरपश्चिम विश्वविद्यालय स्थापनापछि पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो ।




