No.1 News Portal from Sudurpashchim Province
bajaj

कञ्चनपुरको अनाथालयका वार्डेन चकलेट र चाउचाउ दिन्छु भन्दै गर्थे बलात्कार !

पुर्पक्षका लागि कारागार

गोकुलेश्वर। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख (वार्डेन)  शंकर बहादुर चन्द पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत कञ्चनपुरले जबरजस्ती करणी र गर्भपतन कसुरमा चन्दलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश जारी गरेको हो । यस्तै, बालयौन दुरुपयोग कसुरमा ५० हजार धरौटी माग गरेको छ ।

pm office

वार्डेन चन्दमाथि अनाथालयमा बस्दै आएका अनाथ नाबालिकाहरुलाई विगत एक बर्षदेखि जबरजस्ती करणी गरेर गर्भपतन गराएको आरोप छ ।

अनाथालयका अन्य बालबालिकाहरु विद्यालय गएको समयमा अफिस कोठामा बोलाई चकलेटरचाउचाउ दिन्छु भन्दै पटक पटक अनाथालयमा बस्ने नाबालिकाहरुलाई यौन दुव्र्यवहार र जबरजस्ती करणी गर्ने गरेको आरोप छ।

चन्दले अनाथालयमा बस्ने तीन जना बालिकामध्ये एकलाई यौन दुव्र्यवहार र बलात्कारको शिकार भएका दुईमध्ये एकको गर्भपतन गराएका थिए ।

१४ वर्षीया बालिकासँगको अनैतिक सम्बन्धमा गर्भ रहेको थियो । त्यसपछि वार्डेन चन्दले माघ १४ गते औषधि सेवन गराएर गर्भपतन गराएका थिए । त्यसपछि घटना बाहिरिएको थियो । १७ माघमा चन्द पक्राउ परेपछि अन्य बालिका पनि उनी विरुद्ध प्रहरीको सम्पर्कमा पुगेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.