No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रधानमन्त्री प्रचण्डले भने – ‘देशको गौरव क्रिकेट टोलीले बढाएको छ’

गोकुलेश्वर। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपका लागि छनोट भएको नेपालको यू – १९ क्रिकेट टोलीलाई बधाइ दिनुभएको छ।

प्रधानमन्त्रीले बधाइ दिनुहुँदै देशको गौरव बढाउन र नेपालको ख्याति विश्व स्तरमा चिनाउन खेलाडीले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभएको हो।

pm office

प्रधानमन्त्रीको ट्वीटरमार्फत् सचिवालयले भनेको छ, ‘‘श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि छनोट भएकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्व स्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभएको छ।’’

यसैबीच नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ टोलीका सदस्यलाई जनही एक लाख रुपियाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

नेपाल सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने आईसीसी यू-१९ विश्वकपमा छनोट भएको हो।r

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.