No.1 News Portal from Sudurpashchim Province
bajaj

मालिकार्जुन अस्पतालले २७ जना गरिब तथा विपन्न वर्गका बिरामीको नि:शुल्क उपचार गर्‍यो

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका –९ गोकुलेश्वर बजार पेट्रोल पम्प नजिक विषेशज्ञ चिकित्सक सहितको मालिकार्जुन अस्पताल प्रा.लि.सञ्चालनमा आएको छ ।

मालिकार्जुन अस्पतालले आज (बिहिबार) गरिब तथा विपन्न वर्गका बिरामीको नि:शुल्क उपचार गरेको छ । अस्पतालले गरिब तथा विपन्न वर्गका ९ जनाको एक्सरे,५ जनाको भिडियो एक्सरे,१० जना बिरामीको ल्याव टेस्ट नि:शुल्क गरेको छ ।

pm office

यसैगरी ३ जना गरिब तथा विपन्न वर्गका बिरामीलाई औषधी वितरण गरेको अस्पतालले जनाएको छ । आज  १ सय ५० जना बिरामीले सेवा लिएका छन् ।

अस्पतालमा (आज) वरिष्ठ रेडियोलोजिस्ट डा. अशोकराज पन्त, स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा. जगदीशचन्द्र बिष्ट, बरिष्ठ बालरोग विशेषज्ञ डा. पुष्पराज अवस्थी,हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. ओमकार बिष्ट र डा. सुनिल बोकटीले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गरेका छन् ।

अस्पतालले विषेश छुटमा स्वास्थ्य सेवा दिइरहेको छ । सामान्य एवंम जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्धेश्यले मालिकार्जुन अस्पतालको स्थापना गरिएको अस्पतालले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.