No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुला राष्ट्रपति रनिङ शिल्ड : उपाधी महाकाली नगरपालिकाले हात पार्‍यो

गोकुलेश्वर। दार्चुलामा सम्पन्न भएको १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी महाकाली नगरपालिकाले हात पारेको छ ।

जिल्ला सदरमुकाम खलंगामा सम्पन्न प्रतियोगितामा २१ स्वर्ण, ११ रजत र १० कास्यसहित ४२ पदक हात पारेको महाकालीले उपाधी जितेको हात पारेको हो । यस्तै प्रतियोगितामा दोस्रो भएको मालिकार्जुन गाउँपालिकाले ६ स्वर्ण,६ रजत र ३ कास्य गरी १५ पदक हात पारेको छ ।

यस्तै तेस्रो भएको मार्मा गाउँपालिकाले ३ स्वर्ण, ९ रजत, २ कास्य गरी १४ पदक जितेको छ । यसैगरी सान्तवना स्थान हासिल गर्न सफल भएको शैल्यशिखर नगरपालिकाले २ स्वण,४ रजत र २ कास्य गरी ८ पदक प्राप्त गरेको छ ।

pm office

प्रतियोगितामा लेकम गाउँपालिकाले ११, दुहुँ गाउँपालिकाले ५,व्याँस गाउँपालिकाले ४,नौगाड गाउँपालिकाले १८ र अपिहमिाल गाउँपालिकाले ४ पदक हात पारेको छ । खेलहरूमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी र पालिकाहरूलाई मेडल, प्रमाणपत्र र सिल्ड प्रदान गरेर सम्मानित गरिएको छ ।

प्रतियोगितामा जिल्लाका ९ ओटै स्थानीय तहका टीमहरुको सहभागिता रहेको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानसिंह बुढाथोकीको अध्यक्षतामा आयोजित समापन समारोहमा जिल्ला समन्वय समिति प्रमुख महादेब बडू, महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीर, मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी,लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, एथलेटिक्स र छात्रछात्रा कबड्डी सञ्चालन गरिएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.