गोकुलेश्वर क्याम्पसमा अनेरास्ववीयूले भोली स्ववियु निर्वाचन लक्षित विद्यार्थी भेटघाट कार्यक्रम गर्ने
उपस्थितिका लागि सम्पुर्ण विद्यार्थीलाई अनुरोध
गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयूले भोली (फागुन १९ ) गते स्ववियु निर्वाचन सम्बन्धी विद्यार्थी लक्षित भेटघाट कार्यक्रम गर्ने भएको छ ।
चैत ८ गते हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहित सबै आंगिक क्याम्पस अंतर्गत गोकुलेश्वर क्याम्पसको स्ववियु निर्वाचनका लागि अनेरास्ववीयूले विद्यार्थी लक्षित भेटघाट कार्यक्रम गर्न लागेको हो ।

अनेरास्ववीयूका पुर्व केन्द्रीय अध्यक्ष एवंम नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरको प्रमुख आथित्यतामा कार्यक्रम हुने छ । कार्यक्रम विहान १० देखी सुरु हुने छ ।
विद्यार्थी भेटघाट कार्यक्रममा क्याम्पसमा विभिन्न समस्या,शैक्षिक गुणस्तर तथा भौतिक पुर्वाधार व्यवस्थापन लगायत स्ववियु निर्वाचन सम्बन्धी छलफल हुने छ । कार्यक्रममा सम्पुर्ण विद्यार्थी, शुभेच्छुक,सुभचिन्तक लगायत अन्यमा उपस्थितिका लागि अनेरास्ववीयूले अनुरोध गरेको छ ।
२०६६ मा सुदूरपश्चिम विश्वविद्यालय स्थापनापछि पहिलो पटक स्ववियु निर्वाचन हुन लागेको हो । विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनको माग गर्दै आएका थिए ।



