No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिमको ‘इमेज’ सुधार्न आवस्यक छ : मन्त्री शाही

गोकुलेश्वर। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री नरेश कुमार शाहीले प्रदेशको इमेज सुधार आवश्यक रहेको बताएका छन् ।

pm office

मन्त्रालयले मंगलबार धनगढीमा आयोजना गरेको चालू आर्थिक वर्ष २०७९-०८० को अर्धवार्षिक समीक्षामा बोल्दै मन्त्री शाहीले यस्तो बताएका हुन् ।

अहिलेसम्म सुदूरपश्चिम प्रदेशको परिचय गएगुज्रेको प्रदेशका रूपमा रहेको उनको भनाई छ । ‘अब हामीले यो इमेज परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘वास्तवमा यो अर्धवार्षिक समीक्षा आगामी दिनका लागि प्रवेश बिन्दु हो ।’

उनले ठेक्कापट्टा सम्झौता हुँदा कम रकममा बोलकबोल भएर बाँकी रहेको रकम सम्बन्धित निकायले नै खर्च गर्ने व्यवस्था अन्त्य गर्नुपर्ने बताए । ‘ठेक्कापट्टा प्रक्रियामा अनुमानित लागतभन्दा कममा बिलिङ गरेर बाँकी रहेको रकम अर्थ मन्त्रालयमा फिर्ता गर्ने व्यवस्था जरुरी छ,’ उनले भने, ‘साना रकमका विकास निर्माण योजनाको रकम पुरै खर्च हुन्छ तर ठूला योजनाको रकम कम खर्च हुने गरेको पाइयो । यस्तो किन भइरहेको छ । कतै यसमा व्यक्तिगत स्वार्थ र लाभले त काम गरिरहेको छैन ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.