No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वरमा लागुऔषध प्रयोगकर्ता सल्बलाउँदै

गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वरमा पछिल्लो समयमा लागुऔषध प्रयोगकर्ता सल्बलाउँदै गएका छन् । यहाँ लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार हुने गरेको पाइएको हो । अहिले कयौं युवापुस्ता लागुपदार्थ र दुर्व्यसनीको दलदलमा फस्न थालेका छन ।

गोकुलेश्वरमा ब्राउनसुगर, गाँजा, नाइट्रोभेट, स्पास्मो, कोरेक्स, चरेश लगायतका लागुऔषधको प्रयोग तथा व्यापार हुँदै आएको पाइएको छ । बेरोजगारी, परिवारको बेवास्ता लगायतका कारण युवाहरु लागुऔषधको लतमा फस्ने गरेका छन् ।

pm office

लागुऔषध सेवन गर्नकै लागि पहिलो प्रयोगकर्ताले साथी थप्दै जाँदा गोकुलेश्वर लागुऔषधको अखडा बन्न थालेकोे छ ।एक जना सेवनकर्ताले आर्थिक स्रोत जुटाउनका लागि ५ जनालाई उक्त दुव्र्यसनमा संलग्न गराउँदै आएका छन् ।

प्रहरीको सक्रियता न्यून रहेकाले युवाहरु लागुऔषधको लतमा फस्ने गरेको अनुमान छ । प्रयोगकर्ताहरुले समाजका अन्य युवाहरुलाई पनि लागुऔषधको जालोमा फसाउँदैछन् । अहिले यहाँ लुकीछिपी लागुऔषध कारोबार र प्रयोग हुने गरेको छ ।
लागुपदार्थको प्रयोग गोकुलेश्वरमा तिब्र रुपमा फैलिने क्रम जारी रहेको छ । समाज बिकासका योजनाहरुलाई युवा मैत्री बनाउनुपर्छ,युवाहरुलाई अबको जिम्मेवारी हस्तान्तरण गरिनुपर्छ भन्ने आवाज चौतर्फी रुपमा उठिरहेका बेला युवाहरु यसरी लागू पदार्थको जालेमा फस्न थालेपछियुवाहरुप्रतिको विस्वस्नियतामा प्रश्न खडा भएको छ ।

लागू पदार्थको प्रयोगले युवा पुस्तालाई आगो जस्तै भित्र भित्रै सल्काएर बर्बाद परिरहेको छ । आमाबुबाले आफ्ना बालबालिकाहरुलाई आफ्नो नियन्त्रणमा ल्याउन र सम्झाउन नसक्दा युवा पुस्ता चोरी डकैती तथा अनैतिक क्रियाकलापमा सलंग हुने गरेका छन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.