गोकुलेश्वर। दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ६ अन्तरगतको धुलीगडा खोला पुल देखि गडीगाड पन्ढुङ्गा खान सम्मको पिपिसी बाटो निमार्णको काम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७९।०८० मा वडा नम्बर ६ ले बार्षिक स्वीकृत बजेटबाट पहिलो वर्ष बाटो निमार्णका लागि ७ लाख बजेट विनियोज गरेको वडा अध्यक्ष एवंम गाउँपालिका प्रवत्ता राजेन्द्रसिंह बोहराले बताए ।

उनका अनुसार योजना निमार्ण मालिकार्जुन श्रम सहकारीले गरेको हो । बाटो निमार्णका लागि वडाबाट क्रमागत रुपमा बजेट विनियोजन गरिएको हो । योजनाको वडाले अनुगमन समेत गरिसकेको छ ।
उक्त बाटो निमार्णमा ७ लाख बराबरको काम सम्पन्न्न गरि वडा कार्यालयका सम्पुर्ण टीमको उपस्थितिमा सार्वजनिक सुनुवाई समेत गरिएको वडा अध्यक्ष बोहराले बताए ।
यसैगरी वडा अध्यक्ष बोहराले वडा नम्बर ६ का प्रत्येक योजनाहरुको स्थलगत अनुगमन जनप्रतिनिधि र प्राविधिकको टिमले गरेर मात्रै अन्तिम भुक्तानि दिने बाताएका छन् ।




