- रामदत्त जोशी
गोकुलेश्वर। दार्चुलाका ९ वटै स्थानिय तहकाबाट प्रत्येक बर्ष बसाइँसरी कैलाली र कञ्चनपुर जानको संख्या बढ्दै गएको छ। जिल्लाका ग्रामिण बस्तिका स्थानियहरु करिब डेढ दशक देखि धमाधम कैलाली र कञ्चनपुरमा बसाइँसरी गर्न थालेका हुन् ।
दार्चुलाका पहाडी क्षेत्रमा छरिएर रहेका बस्तीहरुमा विकासका आवश्यक पुर्वाधार पु¥याउन सकिएको छैन् । पहाडी क्षेत्रमा लामो समयदेखि विकास निर्माण नभएको भन्दै प्रत्येक बर्ष कैलाली र कञ्चनपुर लगायत अन्य विकास भएका क्षेत्रमा बसाइँ सर्ने गरिएको छ ।

यहाँका दुर्गमा बस्तीहरुमा पूर्वाधार विकास नहुनु र बेरोजगारीका कारण कैलाली,कञ्चनपुर लगायत अन्य जिल्लामा बसाई सर्ने क्रम बढ्दो छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतको विकास कम भएको भन्दै प्रत्येक बर्ष तराई बसाई सर्नेको संख्या बढदै गएको हो ।
स्थानिय तहको पुनसंरचना भएर गाउँगाउँमा पुगेका सिंहदरबारले दुर्गम पहाडी ठाउँहरुमा यातायात, स्वास्थ्य, संचार, शिक्षा र विद्युत लगायतका पुर्वधार तयार गरि विकासले फड्को मार्दै गए पनि बसाइँसराइ भने झन झन बढ्दै गएको छ ।
ग्रामिण ठाउँका बस्तिहरुमा अहिले बृद्धबृद्धा मात्रै छन् । यहाँका युवा पुस्ता कोही वैदेसिक रोजगारीको लागि युरोप लगायत खाडी मुलुकमा छन् । कोही सहरबजारतिर रोजगारी गर्दै छन् । जिल्लाको लेकम गाउँपालिका,मार्मा,नौगाड,शैल्यशिखर नगरपालिका लगायत अन्य स्थानीय तहका अधिकांस बस्तिहरु खाली हुँदै गएका छन् ।
यसको असर विकासमा समेत परेको छ । बसाइँ-सराई रोक्ने खालका नीतिगत व्यवस्था स्थानीय तहले गर्न नसक्दा यो क्रम रोकिएको छैन् ।
सुदूरपश्चिमका पहाडी ७ जिल्ला अछाम, बाजुरा, डोटी,डडेलधुरा, बझाङ, बैतडी र दार्चुलाबाट कैलाली र कञ्चनपुरमा प्रत्येक बर्ष बसाई सरी मानिस जाने गरेका छन् । प्रदेशका दुई तराईका जिल्लाहरु कैलाली र कञ्चनपुर अन्य जिल्लाको तुलनामा विकसित जिल्लाहरु हुन ।



