गोकुलेश्वर। सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले विश्वासको फागुन २१ मा विश्वासको मत लिने तयारी थालेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सत्ता गठबन्धन दलका नेताहरूसँग हिजो उनले विश्वासको मत लिने विषयमा छलफल गरेका थिए । माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।
केन्द्रमा फेरिएको समीकरणले मुख्यमन्त्री शाहले सुविधाजनक बहुमत पाउने आसा गरिएको छ। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा विश्वासको मत पाउन २७ सांसद आवश्यक पर्छ ।
यहाँ कांग्रेसका १९, माओवादीका सभामुख सहित ११ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने सम्भावना रहेको छ ।



