गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयूबाट बिपिन नाथले उम्मेदवारी घोषणा गरेका छन् ।
शैल्यशिखर नगरपालिका -९ मा रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसको स्ववियु सभापतिका लागि उनले सामाजिक संजाल फेसबुक मार्फत उम्मेदवारी घोषणा गरेका हुन् । उनले म्मेदवारी घोषणा गर्दै सबै पक्षबाट सहयोग हुने विश्वास समेत व्यक्त गरेका छन् ।

गोकुलेश्वर बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर तथा भौतिक पुर्वाधार व्यवस्थापनमा आफ्नो तर्फबाट ठुलो योगदान रहेकोले सवै विद्यार्थीहरुको सल्लाह, सुझाव बमोजिम उम्मेदवारी घोषणा गरेको उनले बताए ।
नेता नाथ सालिन स्वभाव,विद्यार्थीहरु माझ लोकप्रिय रहेका छन । नाथ समग्र क्यामपसको हितको बारेमा सोच्ने दुरदर्शि भिजन भएका विद्यार्थी नेता हुन् । उनी क्याम्पसमा विभिन्न भौतिक विकास,पुर्नःनिर्माण लगायत विद्यार्थीको समस्यालाई लिएर आवाज बुलन्द गर्ने विद्यार्थी नेताको रुपमा परिचीत छ्न ।
चैत ८ गते हुन लागेको सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनको लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् ।



