गोकुलेश्वर। बैतडीमा अपांगता भएकी एक महिलामाथि बलात्कार गरेको आरोपमा मेलौली नगरपालिका–७ का ५६ बर्षीय तारादत्त भट्ट पक्राउ परेका छन् ।

२४ बर्षीया अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा भट्टलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । ‘क’वर्गको अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपसहित जाहेरी आएपछि भट्टलाई पक्राउ गरी हिरासतमा राखेको बैतडी प्रहरीले जानकारी दिएको छ ।
महिलाका आफन्तहरुले ती महिलामाथि पटक–पटक बलात्कार भएको आरोप लगाएका छन् ।



