No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वरमा विषेशज्ञ चिकित्सक सहितको मालिकार्जुन अस्पताल सञ्चालनमा,यही हुने भयो जटिल रोगको उपचार

गोकुलेश्वरमै हुने भयो जटिल रोगको उपचार

गोकुलेश्वर।दार्चुलाको गोकुलेश्वरमा विषेशज्ञ चिकित्सक सहितको अस्पताल सञ्चालनमा आएको छ । शैल्यशिखर नगरपालिका -९ गोकुलेश्वर बजार पेट्रोल पम्प नजिक विषेशज्ञ चिकित्सक सहितको मालिकार्जुन अस्पताल प्रा.लि. सञ्चालनमा आएको हो ।

अस्पतालले बिहीबार (आजदेखि) निशुल्क रुपमा बहिरंग (ओ.पि.डी.) सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालको फागुन १८ गते औपचारिक उद्घाटन गरिने छ । उद्घाटन समारोहका अवसरमा सेवाग्राहीलाई विषेश छुटमा स्वास्थ्य सेवा दिने अस्पतालले जनाएको छ ।

pm office

उद्घाटनको अवसरमा फागुन १८, १९ र २० गते अस्पतालमा वरिष्ठ रेडियोलोजिस्ट डा. अशोकराज पन्त, स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा. जगदीशचन्द्र बिष्ट, बरिष्ठ बालरोग विशेषज्ञ डा. पुष्पराज अवस्थी,हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. ओमकार बिष्ट, डा. सुनिल बोकटी लगायतले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने छन् ।

सामान्य एवंम जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्धेश्यले मालिकार्जुन अस्पताल प्रा.लि.को स्थापना गरिएको हो ।

विषेशज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीहरुको टोलिले सेवा दिने उक्त अस्पताल निजी क्षेत्रकै पहिलो ठूलो अस्पताल हो । दार्चुला, बैतडी, बझा​ङ, लगायत अन्य जिल्लाका सेवाग्राहीको सहजताका लागि अत्याधुनिक सुविधासहितको उक्त अस्पताल सञ्चालनमा ल्याइएको हो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.