कैलालीको धनगढीमा १५ वर्षीय एक किशोर मृत फेला By सेती काली On २०७९ फाल्गुन १५ गते, ११:१७ गोकुलेश्वर। कैलालीको धनगढीमा १५ वर्षीय एक किशोर मृत फेला परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१८ नखलीपुरस्थित मोहना नदीमा १५ वर्षीय किशोर मृत फेला परेका हुन्। ‘इ’ गाउँका १५ वर्षीय अरुण सिंह आइतबार मृत फेला परेको कैलाली प्रहरीले जनाएको छ।