No.1 News Portal from Sudurpashchim Province
bajaj

नेपाली कांग्रेसको राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल !

आठ दलसँग राष्ट्रपति निर्वाचित गर्न यथेष्ट मत

गोकुलेश्वर। नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने भएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनेमा पार्टीभित्र सहमति पनि जुटिसकेको छ ।

pm office

कांग्रेसमा राष्ट्रपतिका लागि पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको दाबी थियो। पार्टी सभापति शेरबहादुर देउवा र अधिकांश पार्टी पदाधिकारी पौडेलको पक्षमा देखिएपछि पार्टीले उनैलाई राष्ट्रपतिको उम्मेदवार बनाउन लागेको हो ।

सभापति देउवाले कांग्रेसको संसदीय दलको चुनावका बेला नै पौडेललाई राष्ट्रपतिमा उठाउने वचन समेत दिएपछि पौडेल संसदीय दलको नेतामा देउवाको प्रस्तावक बसेका थिए ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरेको थियो। कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो। यी आठ दलसँग राष्ट्रपति निर्वाचित गर्न यथेष्ट मत छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.