गोकुलेश्वर। दार्चुलामा शुक्रवार थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआईसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिए ।
उनका अनुसार शैल्यशिखरमा नगरपालिकामा २८ जना, नौगाड गाउँपालिकामा २३ जना र जिल्ला अस्तपालमा दार्चुलामा गरिएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका सहित दार्चुलामा कोरोनाको दोस्रो लहर सुरु भए यता कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ सय २४ पुगेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिए ।
कोरोनाको दोस्रो लहर सुरु भए यता दार्चुलाको महाकाली नगरपालिकामा सबै भन्दा बढी १ सय ५४ जना, अपिहिमाल गाउँपालिकामा १ सय ७ जना, शैल्यशिखर नगरपालिकामा ७८जना, मार्मा गाउँपालिकामा ४१ जना, लेकम गाउँपालिकामा ५१ जना, व्यास गाउँपालिकामा २२ जना, मालिकार्जुन गाउँपालिकामा १५ जना, दुहुँ गाउँपालिकामा ११ जना र नौगाड गाउँपालिकामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दार्चुलामा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १ सय ५० पुगेको छ । जिल्ला कोरोनाको दोस्रो लहर सुरु भए यता ९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।



