No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर महोत्सव : भोली चेतन बोहरा लगयत यी कलाकारले देखाउँनेछन् प्रस्तुती

गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वर जारी वृहत सांस्कृतिक महोत्सवको आठौं दिन (भोली) चर्चित गायक चेतन बोहरा आउने भएका छन् ।

pm office

शैल्यशिखर नगरपालिका –९ गोकुलेश्वरमा फागुन ६ गतेदेखि सुरु भएको वृहत सांस्कृतिक महोत्सवको आठौं दिन चेतन बोहरा,श्रीकान्ता राना क्षेत्री,दिपेन्द्र ओली लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक मुल समिति संयोजक पुर्ण बहादुर साउँदले बताए ।

संयोजक साउँदका अनुसार महोत्सवको सातौ दिन (आज) टंक तिमिल्सिना,दिपेन्द्र ओली, श्रीकान्ता राना क्षेत्रीलगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुले प्रस्तुती देखाएका छन् ।

महोत्सव अवलोकनका लागि रु ५० शुल्क तोकिएको छ । महोत्सवको समापन भोली फागुन १३ गते नै हुने संयोजक साउँदले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.