
गोकुलेश्वर। बैतडीको पाटनमा आजदेखि सुरु भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा छात्रा तर्फको एक सय मिटरको दौड प्रतियोगितामा पाटन नगरपालिकाकी १७ वर्षया बिस्ना अवस्थी प्रथम भएकी छिन् । ।
उनले पाटन नगरपालिकालाई पहिलो स्वर्ण दिलाएकी छिन् । दोश्रो स्थान डिलाशैनीकी गोमती महराले हात पार्दै डिलाशैनीले रजत प्राप्त गरेको छ । यसैगरी पाटन नगरपालिकाबाटै दौडमा सहभागि बनेकी पुस्पा कुवँर तेश्रो भइन् ।



