No.1 News Portal from Sudurpashchim Province
bajaj

नेपाली जनताको चाहनाविपरीत भएको गठबन्धन धेरै दिन टिक्दैन : भीम रावल

गोकुलेश्वर। नेकपा एमालेका नेता डा. भीम रावलले एमाले नेतृत्वको सत्तारुढ गठबन्धन टुट्ने संकेत गरेका छन् राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा कुरा नमिल्दा एमाले–माओवादीसहितको सत्ता गठबन्धन धरापमा परेका बेला नेता रावलले गठबन्धन भत्किने संकेत गरेका हुन ।

pm office

शुक्रबार बिहान सुर्खेतमा पत्रकार भेटघाटमा एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेता रावलले वर्तमान सत्ता गठबन्धन संविधानविपरीतको भएकाले यो धेरै दिन नटिक्ने दाबी गरेका छन् । ‘नेपाली जनताको चाहनाविपरीत भएको गठबन्धनको नतिजा हाल देखिन सुरु भयो’, रावलले भने, ‘यो गठबन्धन टिक्दैन ।’

अहिलेको राष्ट्रपति चुनावको विवाद देखेर जनता चकित परेको टिप्पणी नेता रावलले गरेका छन्। ‘राष्ट्रपतिका लागि यत्रो समय बैठक किन बस्नुपरेकोरु कारण के हो’, उनको प्रश्न छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.