No.1 News Portal from Sudurpashchim Province
bajaj

गोकुलेश्वर सांस्कृतिक महोत्सव : भोली टंक तिमिल्सिना आउने

गोकुलेश्वर। दार्चुलाको गोकुलेश्वर जारी वृहत सांस्कृतिक महोत्सवको सातौं दिन (भोली) चर्चित गायक टंक तिमिल्सिना आउने भएका छन् ।

pm office

शैल्यशिखर नगरपालिका -९ गोकुलेश्वरमा फागुन ६ गतेदेखि सुरु भएको वृहत सांस्कृतिक महोत्सवको सातौं दिन (भोली) टंक तिमिल्सिना,श्रीकान्ता राना क्षेत्री,दिपेन्द्र ओली लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक मुल समिति संयोजक पुर्ण बहादुर साउँदले बताए ।

महोत्सव फागुन १३ गतेसम्म चल्ने उनले बताए । संयोजक साउँदका अनुसार महोत्सवको छैटों दिन एलवी चन्द,दिपेन्द्र ओली, श्रीकान्ता राना क्षेत्रीलगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुले प्रस्तुती देखाएका छन् ।

महोत्सव अवलोकनका लागि रु ५० शुल्क तोकिएको छ । महोत्सवले जिल्लाको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने र पर्यटकिय स्थललाई अझ लोकप्रिय र प्रभावकारी बनाउनमा सहयोग पुग्ने संयोजक साउँदले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.