गोकुलेश्वर। गोकुलेश्वर वृहत सांस्कृतिक महोत्सवको अवधि तीन दिन थपिएको छ । शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरमा फागुन ६ गतेदेखि सुरु भएको वृहत सांस्कृतिक महोत्सवको अवधि थप दुई दिन थिपिएको छ ।

महोत्सव फागुन १३ गतेसम्म चल्ने महोत्सव आयोजक मुल समितिका संयोजक पुर्ण बहादुर साउँदले बताए । संयोजक साउँदका अनुसार महोत्सवको छैटो दिन आज एलवी चन्द,दिपेन्द्र ओली लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।
महोत्सव अवलोकनका लागि रु ५० शुल्क तोकिएको छ । महोत्सवले जिल्लाको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने र पर्यटकिय स्थललाई अझ लोकप्रिय र प्रभावकारी बनाउनमा सहयोग पुग्ने संयोजक साउँदले बताए ।



