गोकुलेश्वर । चौलानी नदीमा बगेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी जिल्ला डिलाशैनी गाउँपालिका वडा न. ५ देवगाउँका ६१ बर्षीय जयबहादुर नाथ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताउनु भयो ।

दार्चुलाको गोकुलेश्वरमा जारी रहेको गोकुलेश्वर मेला हेर्न आएका नाथ चौलानी नदीमा बगेका थिए ।
उहाँलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याउँदा मृत्यु भएको प्रहरी निरीक्षक शाहीले बताउनु भएको छ ।



