गोकुलेश्वर। गोकुलेश्वर सांस्कृतिक महोत्सवले गर्दा गोकुलेश्वर बहुमुखी क्याम्पसको नियमित पठनपाठनमा समस्या भएको छ ।
गोकुलेश्वर माविको खेलमैदानमा फागुन ६ गतेदेखि सुरु भएको गोकुलेश्वर सांस्कृतिक महोत्सवले गर्दा छेउमै रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसको नियमित पठनपाठमा समस्या भएको हो । महोत्सवस्थल र क्याम्पसको दूरी करिब ५ मिटर छ । महोत्सवको कोलाहलले पठनपाठनमा समस्या भएको हो ।

महाशिवरात्रीको अवसरमा क्याम्पसले फागुन ६ देखि ९ गतेसम्म विदा दिएको थियो । तर आज १० गतदेखि क्याम्पस सुचारु भएको भएपनि महोत्सवले गर्दा आजको पठपाठनमा समस्या भएको क्याम्पस प्रमुख प्रदिप कुमार जोशीले बताए ।
‘महोत्सवको होहल्लाले आजको पठनपाठनमा समस्या भयो, आज कलासहरु चलेनन् ।’ उनले भने, ‘क्याम्पसको आन्तिरिक परिक्षासमेत कोलाहलले गर्दा गोकुलेश्वर माविमा गर्न बाध्य भयौं ।’
यसैगरी क्याम्पस प्रमुख जोशीले महोत्सव आयोजकले आफुलाई कुनै जानकारी नगरेको र आफू कामको सिलसिलामा बाहिर रहेको बताए ।



