गोकुलेश्वर । दार्चुलाको व्याँस गाउँपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूलाई जिम्मेवारीबाट हटाएको छ । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उहाँलाई गाउँ कार्यपालिका बैठकले जिम्मेवारीबाट हटाएको हो । फागुन ५ गते व्याँस गाउँपालिकाका कर्मचारी कार्यालय छोडेर धनगढीमा रमाउँदै शीर्षकका सामाचार प्रकाशित भएपछि कार्यपालिका बैठकले उहाँलाई जिम्मेवारीबाट हटाएको हो ।

तत्कालका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी स्वास्थ्य संयोजक चन्द्रसिंह कुँवरलाई दिइएको छ । बडूसँगै धनगढी गएका लेखापाल गोपालसिंह विष्ट, प्राविधिक शाखाका इन्जिनियर रमेशसिंह धामी, सबइन्जिनियर भुवन पन्त, प्राविधिक वीरेन्द्र विष्ट र प्रेम कोट्टारीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
कार्यपालिका बैठकले रोजगार संयोजक रमेश भट्टलाई समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।



